परीक्षा अगाबै प्रश्नपत्र म्यासेन्जरमा पठाएको अभियोगमा परीक्षा संयोजक अख्तियारको नियन्त्रणमा

| 2020 Jan 24 | 07:32 am 1865

दैलेख, माघ १०: जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नं ५ मा रहेको श्री पिपचौतारा माध्यामिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष एवंम संयोजकलाई परिक्षा अगाबै प्रश्नपत्र म्यासेन्जरमा पठाएर अनियमीतता गरेको भन्दै थप अनुसन्धान गर्न अख्तीयारले नियन्त्रणमा लिएको छ ।

श्री पिपलचौतरा माध्यमिक विद्यालय डुङ्गेश्वर ५ दैलेखका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव शिक्षक छनौट समितिको संयोजक भक्त बहादुर शाहीले राहत दरबन्दी निमावि तह सामाजिक बिषय शिक्षकको गाउँपालिकाबाट संचालन गरिएको शिक्षक छनौट परीक्षा संचालन हुनु अगावै परीक्षार्थीहरुलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाई शिक्षक छनौट गरेको भन्ने उजुरी एंव सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले उनिहरुलाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।

अनुसन्धान हुँदा उक्त परीक्षामा सहभागी भै छनौट भएका शिक्षक घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दल बहादुर विकलाई म्यासेन्जरमार्फत प्रश्नपत्र र उत्तर कुन्जिका पठाई अख्तियार दुरुपयोग गरेको खुल्न आएको हुँदा निजहरु भक्त बहादुर शाही, घनश्याम भण्डारी र दल बहादुर विकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तीयार अनुसन्धान कार्यलय सुर्खेतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.