पराराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच वार्ता

रिपोर्ट नेपाल | 2019 Sep 09 | 04:14 pm 1872

काठमाडौँ, भदौ २३ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता भएकाे छ । साेमबार होटल याक एण्ड यतीमा मन्त्री ज्ञवाली र  चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता  भएकाे हाे ।

वार्तामा नेपालको तर्फबाट ज्ञवालीको नेतृत्वमा अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्र, अर्थ र अन्य केही मन्त्रालयका सचिव र सहहचिव वार्तामा रहेका छन्।

यो वार्तापछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नेछन्। प्रधानमन्‍त्रीसँगको वार्तामा दुई पक्षीय सहयोग र सम्बन्धलाई अझ सुदृढ गर्ने बारेमा छलफल हुने बताइएको छ।

चिनियाँ लगानीमा संचालित परियोजनाको प्रगति र राष्ट्रिय स्तरका आयोजनामा चिनियाँ पक्षबाट हुनसक्ने सहयोग र लगानीका संभावनाबारे पनि विमर्श हुनेछ।

दुई पक्षीय वार्तामा मदन भण्डारी विश्वविद्याल, कोदारी राजमार्गको धुलिखेल-कोदारी खण्डको स्तरोन्नती, रसुवागढी-ठोरी करिडोरमा टोखा-छहरे सुरुङमार्ग एवं बेत्रावती-स्याफ्रुबेंसी खण्डको स्तरोन्नतीलाई प्राथमिकतामा राखिएको छ।

प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीचको वार्ताको एजेण्डामा केरुङ-काठमाडौं रेलमार्गको डीपीआर बनाउने बुँदा पनि पर्ने उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.