परवानीपुरको एक साबुन उद्योगमा आगलागी, करिब ५ करोड क्षति

रिपोर्ट नेपाल | 2018 Sep 17 | 11:08 am 2029

वीरगञ्‍ज, असोज १: बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी हुँदा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको हो । वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईको यो उद्योगमा दबंग र मकालु ब्रान्डका कपडा धुने साबुन उत्पादन हुन्छन्।

आगलागीबाट अन्दाजी पाँच करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सत्यनारायण थापाले बताए ।

बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ । वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, सिमरा उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्ज डिपोको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.