काठमाडौं, जेठ २ः परराष्ट्र मन्त्रालयले विदेशस्थित दूतावास र नियोगलाई सम्बन्धित मुलुकसँग स्वास्थ्य सामग्री सहयोगका लागि पहल गर्न निर्देशन दिएको छ ।
कोरोना महामारी दोस्रो लहरसँग अक्सिजन अभाव हुन थालेपछि परराष्ट्रले विदेशस्थित नेपालका ३० दूतावास, तीन संयुक्त राष्ट्र संघीय स्थायी नियोग र ६ वाणिज्य दूतावासलाई सम्बन्धित मुलुकको अवस्थाअनुसार सहयोगका लागि पहल गरेको हो ।
नेपालमा कोरोना संक्रमण दोस्रो लहरपछि अति आवश्यक स्वास्थ्य सामग्री अभाव हुन थालेपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोग र दूतावासमार्फत सम्बन्धित मुलुकको अवस्था हेरेर सहयोग गर्न आग्रह गरेको हो ।
गत २३ वैशाखमै परराष्ट्र मन्त्रालयले सबै ठाउँमा पत्राचार गरिसकेको छ । नेपालमा अक्सिजन सिलिन्डर अभावका कारण कोरोनाबाट मृत्युदर बढेसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आवश्यक सहयोगका विभिन्न मुलुकसँग सहयोग पहल गरेका हुन् । राजधानी दैनिकबाट