परराष्ट्रमन्त्री खड्का स्वीडेन आउने, एनआरएनएसंग अन्तरक्रिया गर्ने

| 2022 May 28 | 08:26 am 1409

लण्डन, जेठ १४ः परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्वीडेनको ४ दिने औपाचारिक भ्रमण गर्ने भएका छन्। जुन २-३ जुन २०२२ मा हुने अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय महासभा, स्वीडेन र केन्या सरकारले संयुक्त रुपमा स्टकहोममा आयोजना गर्न लागेको ‘स्टकहोम प्लस ५०’ नामक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का स्वीडेन आउन लागेका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनका अध्यक्ष राज कुमार पाठकका अनुसार खड्का सहित पाँच जनाको टोली स्वीडेनमा ४ दिने कुटनीतिक भ्रमण गर्न लागेको हो।

सबैको समृद्धिका लागि एक स्वस्थ ग्रह—हाम्रो दायित्व, हाम्रो अवसर’ नारा सहित आयोजना हुने सो अन्तर्राष्ट्रिय सम्मेलनमा बिभिन्न देशबाट सहभागी विश्वका बिभिन्न देशबाट उच्चस्तरीय प्रतिनिधिमण्डलसंग मन्त्री खड्काले भेटवार्ता गर्ने बताएको छ।

उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससंग समेत मन्त्री खड्काले भेटवार्ता गर्ने छन्। यस्तै आगामी मंगलवार सांझ मन्त्री खड्काले स्वीडेनस्थित नेपाली समुदायसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने एनआरएनए स्वीडेनले जनाएको छ।

सो अन्तरक्रिया कार्यक्रमलाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय  समन्वय परिषद्का अध्यक्ष कुल आचार्यले समेत सम्बोधन गर्ने भएका छन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.