परपुरुषसँग लागेपछि विष खुवाई ४ वर्षे छोराको हत्या !

रिपोर्ट नेपाल | 2019 Feb 06 | 05:03 pm 2185

काठमाडौं, माघ २३ :  सल्यानमा एक युवतीले आफ्नै छोरालाई विष खुवाएर मारेको खुलेको छ । छत्रेश्वरी गाउँपालिका ४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते विषादी खुवाएकी थिइन् । बालकले वान्ता गर्न थालेपछि श्रीनगरको अधिकारी पोलिक्लिनिकमा उनैले लगिन् । त्यहाँ डाक्टरले बालकलाई मृत घोषित गरेका थिए । त्यसपछि बालकलाई गाउँमा ल्याई दाहसंस्कार गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.