पत्‍नीको उपचार गराएर आज स्वदेश फर्कदै प्रचण्ड

रिपोर्ट नेपाल | 2018 Jul 01 | 09:19 am 3436

काठमाडौं, असार १७: पत्‍नी सीता दाहालको उपचार गराउन करिब दुर्इ साता अघि सिंगापुर गएका पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आज (आइतबार) राती ९ बजे स्वदेश फर्कने भएका छन्।

उच्च रक्तचाप, मधुमेहलगायतका समस्याले पिडित सीताको स्वास्थ्यमा क्रमिक सुधार आएपछि अध्यक्ष दाहाल स्वदेश फर्किन लागेका हुन् । सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् ।

प्रचण्ड पत्‍नीको उपचारको लागि असार ४ गते सिंगापुर गएका थिए। प्रचण्ड, उनकी पत्नी सीता र छोरी गंगा दाहाल सिंगापुर प्रस्थान गरेका थिए।

यसअघि उनलाई छोरी रेणु दाहालले उपचार गर्न नयाँदिल्ली लगेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.