पत्रिका जलाइएको घटनाप्रति पत्रकार महासङ्घको आपत्ति

रिपोर्ट नेपाल | 2018 Oct 03 | 05:52 pm 3208

धनगढी, असोज १७ :  कैलालीको अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका पत्रिका जलाइएको घटनाप्रति पत्रकार महासङ्घको आपत्ति जनाएकाे छ । नेपाल पत्रकार महासङ्घ कैलालीले पत्रपत्रिकामा आगजनी गरिएको घटनाप्रति आपत्ति जनाएकाे हाे ।

महासङ्घले एक विज्ञप्ति जारी गरी घटनामा संलग्नको खोजी गरी कडा कारवाही गर्न  माग गरेको छ । विज्ञप्तिमा आम नागरिकलाई सुसूचित हुने अधिकारबाट वञ्चित हुने गरी पत्रिका जलाइएको यो घटना प्रेस स्वतन्त्रता माथिको आक्रमण भएको जनाएको छ ।

बुधबार बिहान बिक्री वितरण गर्नका लागि ल्याइएका कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिकाको पोकोमा अज्ञात समूहले आज बिहान आगो लगाएर नष्ट गरेका थिए ।

नेपालगञ्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका बोकेको जिपमा रहेका पत्रिका निकालेर चार पाँच जनाको समूहले आगो लगाइ नष्ट गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.