पत्रकार सिद्धिकीलाई उपचार खर्चको अभाव

रिपोर्ट नेपाल | 2018 Nov 18 | 08:58 am 2276

नेपालगन्‍ज, मंसिर २: नेपालगन्‍जबाट प्रकाशित हुने समय अधिकार दैनिकका प्रकाशक-सम्पादक रहिस अहमद सिद्धिकी पुनः अस्वस्थ भएका छन्।

उनको अहिले नेपालगञ्‍ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार, पत्रकार सिद्धिकीको कलेजो र मिर्गौलामा खराबी देखिएको छ ।

विगत छ महीनादेखि अस्वस्थ रहँदै आएका उनको भारतको लखनऊ र काठमाडौँको वीर अस्तपालमा उपचार गरिए पनि रोग सञ्चो हुनसकेको छैन। लामो समयको उपचारका कारण पत्रकार सिद्धिकीलाई अहिले आर्थिक सङ्कट परेको छ।

उनले आफन्त, इष्टमित्रसँग ऋण सापटी लिएर उपचार गराइरहेका छन्। परिवारका सदस्यका अनुसार उनको उपचारमा दैनिक हजारौं खर्च हुने गरेको छ । यहाँका केही पत्रकार र सामाजिक अभियन्ताले केही समयअघि आर्थिक सहयोग गरेका थिए । पत्रकार सिद्धिकीको दुई वर्षअघि मुटुको शल्यक्रिया भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.