इटहरी, जेठ २२ : सुनसरीको धरानमा संचारकर्मीमाथि एक समुहले कार्यकक्षमै आक्रमण गरेको छ । सञ्चारकर्मी दिलबहादुर राईमाथि गएराति अपरीचित समुहले रड प्रहार गरेको हो । धरान चत्तारा लाईनमा रहेको एक अनलाईन टेलिभिजनमा काम गरिरहेका बेला आफुमाथि एक्कासी आक्रमण भएको प्रहरीसमक्ष बताएका छन् ।
आक्रमणबाट राईको टाउकोमा गहिरो चोट लागेको छ । घाईते भएका राईलाई गएरातिनै विपी कोइराला बिज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । उनको टाउकोमा ६ टाँका लगाइएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । राईमाथि आक्रमण गर्ने मध्येका एक फुर्वा शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको नेपाल प्रेस युनियनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो आक्रमण मौलाउँदो दण्डहिनाताको नमुना हो । समाचार लेखेकै भरमा पत्रकार राईलाई आक्रमण गरी घाईते बनाएको घट्नाको हामी घोर भत्सना र विरोध गर्दै तत्काल आक्रमणकारीहरुलाई पक्राउ गरी कडा भन्दा कडा कारवाहीको माग गर्दछौं ।