पत्रकार खशोग्गीलाई दिएको यातना ट्रम्पले सुन्‍नै सकेनन्

रिपोर्ट नेपाल | 2018 Nov 19 | 08:40 am 1705

काठमाडौं, मंसिर ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपलब्ध खशोग्गीको हत्यामा दिइएको श्रब्य सामग्रीबारे आफूले जानकारी लिएको तर उक्त सामग्री सुन्नै नसकिने रहेको बताएका छन् ।

यो कसैलाई यातना दिइएको टेप गरिएको श्रब्य सामग्री हो । अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तवार्तामा ट्रम्पले बताएका छन् ‘यो कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकोले यसलाई एक मानवका नाताले सुन्न सक्दिन।’

श्रब्य सामग्रीमा भएका शब्दहरू निकै कठोर, हिंस्रक, क्रुर र भयङ्करका भएको उनले प्रतिक्रिया दिए । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न निर्देशन दिएको बताएको छ । तर यसबारे ठोस प्रमाण भने छैन । साउदी अरेबियाले भने यो दाबीलाई झुठो भन्दै आइरहेको छ ।

साउदी पत्रकार खशोग्जीको अक्टोबर २ तारिखका दिन इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या गरिएको थियो । उनको शव अझै फेला परेको छैन । टर्कीले हत्याका लागि उच्च तहहरूबाट निर्देशन आएको दाबी गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.