पटका सहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 28 | 02:08 pm 3459

काठमाडौं, कात्तिक ११  : काठमाडौं महानगरपालिका ३२ कोटेश्वर चोकबाट महोत्तरी गौशाला नगरपालिका २ बस्ने ४० वर्षीय सुरेन्द्र चौधरी र सोही ठाउँ बस्ने ३४ वर्षीय शम्भु सिंहलाई नागिन पटका १० बण्डल, झिलझिले, आकाशवाणी र आलु बम पटका १ बोरा र रजनी गन्ध १ बोरा १ झोला सहित प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको गौशालाबाट काठमाडौं आउँदै गरेको बा.५ ख ७३२ नम्बरको गाडीलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पटका फेला पारी चालक सुरेन्द्र र सहचालक शम्भुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.