पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 May 24 | 09:42 am 1716

काठमाडौं, जेठ ११ः आइतबार बिहान टोखा नगरपालिका–२, झोर नजिकै पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । मृत्यु हुनेमा झोरका २० वर्षीय पासाङ तामाङ र मनोज दुलाल रहेको वडा नम्बर १ का वडाअध्यक्ष श्रीकृष्ण अधिकारीले बताए।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल तामाङ र झोरबाट टोखातर्फ आउँदै गरेको मोटरसाइकल २२ वर्षीय दुलालले चलाएकाे जानकारी दिए ।

दुलालको मोटरसाइकलमा सवार मथुरा दुलाल पनि गम्भिर घाइते रहेको लम्सालले बताए । तीब्र गतीमा रहेको मोटरसाइकल एकआपसमा जुध्दा दुर्घटना भएको प्रहरीको भनाइ छ । उक्त घटनाकाे विषायमा थप अनुसन्धान भइरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.