पञ्चाङ्ग समितिलाई चुनौती दिदा महायज्ञ डुवानमा

रिपोर्ट नेपाल | 2019 Sep 17 | 12:18 pm 2522

काठमाडौं, भदौ ३१: इतिहासमा सबै भन्दा ठूलो पितृ मोक्षका लागि गरिएको भन्दै सुरु भएको पवित्र तिर्थस्थल रुरुको महायज्ञ स्थल गएराति परेको अविरल वर्षाका कारण डुवानमा परेको छ ।

आफूलाई गुरु भन्ने र पटक पटक मुद्दा खेपेका विष्णु भण्डारीको विशेष जोडमा आयोजित कालीगण्डकीको किनारमा राखिएको महायज्ञ डुवानमा परेको हो ।

पञ्चाङ्ग समितिले शुक्र अन्धो भएका कारण रिडी र गोकर्णमा गरिने कुनै कार्य लाभदायक नहुने भन्दा भन्दै विष्णु भण्डारीले रिडीमा जवरजस्ती महायज्ञ सुरु गरेका थिए ।

समितिले फल प्राप्ति नहुने यज्ञ गर्नुको कुनै प्रभाव नहुने भन्दै गर्दा पञ्चाङ्ग समितिलाई वेवास्ता गरी सुरु भएको महायज्ञको यज्ञमण्डप डुवानमा पर्नु दैवी शक्तिको प्रभाव भएको बताइन्छ ।

पटक पटक विवादमा आइरहने आफूलाई गुरु भन्ने विष्णु भण्डारीले पञ्चाङ्ग समितिको निर्णयलाई किन अटेर गरे त्यो भने बुझ्न सकिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.