काठमाडाैं, चैत २७ः जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तेमाल गा.पा. वडा नं. ३ घर भइ हाल का.म.न.पा. १५, स्वयम्भु, भगवानपाउ बस्ने ५९ बर्षीय प्रेम लामा भन्ने ओमबहादुर तामाङ रहेका छन् ।
पक्राउकाे लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट पत्राचार भई आएकोमा उनको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले काठमाण्डौ का.म.न.पा.वडा नं. १५ स्वयम्भु, भगवानपाउबाट फेला पारी पक्राउ गरी आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।