पच्चीस लाख भन्दा बढि मुल्य बराबरको औषधी बोकेको कारसहित व्यक्ति नियन्त्रणमा

| 2023 Jul 05 | 11:44 am 2125

धनुषा,असार २०। जनकपुर उपमहानगरपालिका १२ बर्हविगहाबाट करीव २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी बोकेको कारसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। बी.आर. ३२ ए.क्यू. १२०२ नम्बरको कारमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेका भारतीय नागरिक २९ वर्षिय मो ईक्वाललाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिईएका ईक्वाललाई बरामद औषधी र कारसहित आवश्यक कारवाहीको लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाईएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.