काठमाडौं, पुस ९ : शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिकहरुबाट ठूलो परिणममा सामानहरु बरामद गरिएको छ । प्रहरीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी बरामद गरिएकाे सामानहरु सार्वजनिक गरेकाे हाे ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसार पक्राउ परेका व्यक्तिहरुबाट ७ सय ४६ थाना मोबाइल, ३ सय ३१ थान ल्याप्टप, ९८ थान सीपीयू, ९९ थान मनिटर, ३ सय २७ थान सिमकार्ड, पेनड्राइभ र ६७ वटा राहदानी बरामद गरिएकाे छ ।

नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त अपरेसनमा सोमबार काठमाडौंबाट १ सय २२ चिनियाँ नागरिक पक्राउ परेका थिए । पक्राउ परेकामाथि ५ दिनको म्याद थपि कारबाही भइरहेको सिआइबीले जनाएको छ ।