धादिड, साउन १३ : छिमेकीको घरमा न्वारानको भोज खाँदा गाँउलेहरु हाँस्न, रुन र बेहोस हुन थालेपछि प्रहरीले अनुसन्धान थालेको छ । गजुरी गाउँपालिका–४, गैरीगाउँमा अनिल चेपाङको घरमा न्वारानको भोज खाएर बेहोस हुन थालेपछि प्रहरीले अनुसन्धान थालेको हो ।
प्रहरीको अनुसार करिब ५० जना बेहोस भएका छन् । भोज खाएलगत्तै उनीहरु हाँस्ने, रुने र बेहोस हुने गरेका थिए । प्रारम्भिक अनुसन्धान अनुसार भोजमा दिइएको मासु तथा खाद्यपदार्थमा गाँजा वा चरेस हालिए हुन सक्ने सञ्जय प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।
अपराह्न खबर आएपछि प्रहरी परिचालन गरेको गजुरीस्थित ईलाका प्रहरी इञ्चार्ज तिमिल्सिनाले बताए । वर्षाका कारण उक्त गाउँमा समयमै प्रहरी पुग्न समस्या परेको समेत तिमिल्सिनाले बताए । उक्त बस्ती गजुरीबाट करिब ३ घण्टा दूरीमा पर्छ ।