न्यूजिल्याण्डको दुई मस्जिदमा बन्दुकधारीको आक्रमण ४० को मृत्यु, दर्जनौं घाइते

रिपोर्ट नेपाल | 2019 Mar 15 | 01:23 pm 1753

काठमाडौं: न्यूजिल्याण्डस्थित रहेको क्राईष्टचर्चको दुई मस्जिदमा बन्दुकधारीले अन्दाधुन्द आक्रमण गरेको छ। उक्त क्राईष्टचर्चमा रहेका दुईवटा मस्जिदमा नवाज पढिरहेका बेला बन्दुकधारीले एकाएक आक्रमण गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन्।

घटनामा ४० जनाको मृत्यु भएको छ भने २० भन्दा बढी संख्यामा घाईते भएका छन् । सो घटनामा संलग्न भएको आशंकामा २८ वर्षिय एक अष्ट्रेलियन सहित चार जनालाई नियन्त्रणमा लिइएको न्यूजिल्याण्ड सरकारले जानकारी दिए ।

सुरक्षा अधिकारीले भने अहिलेसम्म ज्यान गुमाउनेको संख्या प्रष्ट जनाएको जनाएका छन्। न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिण्डा अर्डनले देशकै इतिहासमा कालो दिन भएको बताएका छन्। नुर मस्जिद र लिनवुड मस्जिदमा बन्दुकधारीले आक्रमण गरेका थिए।

आक्रमणको समयमा मस्जिदमा रहेका बंगलादेशी क्रिकेट खेलाडी पार्कबाट भागेर ज्यान जोगाएका जानकारी दिएका छन्। घटनापछि बंगलादेश र न्युजिल्याण्डबीचको तेस्रो टेष्ट स्थगित गरिएको बताए। आक्रमणमा कुनै पनि नेपाली नपरेको अस्ट्रेलिमा रहेको नेपाली दूतावासले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.