न्याय परिषदका न्यायाधीश गिरी पक्राउ

| 2023 Apr 11 | 07:11 pm 985

काठमाडौं,  चैत २८ः न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो काठमाडौँको गोंगबुको पबित्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।

प्रहरीले आज गिरीलाइ पक्राउ गरेकाे हाे । पक्राउ परेका गिरीलाई कपिलवस्तु पठाउने तयारी भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.