नौ महिनापछि लिमीमा खाद्यन्न पठाइयो

रिपोर्ट नेपाल | 2022 Jul 19 | 05:37 pm 3261

हुम्ला, साउन ३ः नाँम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीका लागि नौ महिनापछि खाद्यन्न पैदल मार्ग हुँदै सदरमुकामबाट पठाइएको छ । लिमी जाने न्यालु सडक मर्मतपछि सुचारु हुँदा सो खाद्यन्न पठाइएको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले नौ महिनापछि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमीटेडको खाद्यन्न पठाएको बताए । उनी उक्त खाद्यन्नको ब्यवस्था गर्न सदरमुकाम सिमकोट आउएका थिए । न्यालुमा अबरुद्ध रहेको सडक सुचारु भएपछि खाद्यन्न लिने काम भएको उनले बताए । सो खाद्यन्न लिएर उनी सँगै जानु गएका छन् ।

गत कात्तिकमा भएको हिमपातपछि लिमीमा खाद्यन्न समस्या हुँदा हेलिकोप्टरबाट ४० क्वीन्टल चामल र हिल्सामा रहेको चिनियाँ सहयोगको खाद्यन्न ढुवानी गरिएको थियो । त्यसयता लिमीका तीन गाउँका लागि खाद्यन्न जान सकेको थिएन । सडक सुचारु भएपछि खाद्यन्न पठाउन पाइएको उनले बताए । टिप्परमा पठाएको खाद्यन्न दुई दिनमा लिमी पुग्ने र त्यसपछि लिमीका तीनै गाउँवासीलाई बितरण गरिने बताइएको छ ।

लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नवीन आचार्यले मङ्गलबार लिमीका लागि ५७ क्वीन्टल खाद्यन्न पठाइएको बताए ।  सो खाद्यन्न सिमकोट शाखाको कोटा अन्तर्गत पठाइएको हो । अघिल्लो वर्ष लिमिटेडले लिमीका लागि छुट्टै बिक्री केन्द्र स्थापना गरेको थियो । त्यसका लागि पाँचसय क्वीन्टल खाद्यन्न कोटा पनि छुट्याइएको थियो । सो खाद्यान्न केरुङ नाकाबाट तिब्बती मार्ग भए लिमी आउनु पर्ने हो । तर कोरोनाको कारण चीनसँगको नाका बन्द भएपछि सो कोटाको खाद्यन्न त्यसै ल्याप्स गएको छ ।

यता सोही गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि पनि दुई हजार क्वीन्टल खाद्यन्न कोटा थियो । उक्त खाद्यन्न पनि ढुवानी हुन सकेन । नाम्खा गाउँपालिका –१ देखि ५ नम्बर वडाका लागि छसय क्वीन्टल खाद्यन्न पनि शाखाको सिमकोट गोदामबाट उपलब्ध गराइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.