नैनसिंह महरको म्याद दुर्इ महिना थपिने

| 2018 Nov 18 | 11:34 am 2256

काठमाडौं, म‌ंसिर २ : नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको म्याद दुर्इ महिना थपिने भएको छ। नेपाली कांग्रेसको आज बस्‍ने केन्द्रीय समिति बैठकले महरको म्याद दुर्इ महिना थप्‍ने निर्णय गर्ने स्रोतले बताएको छ।

शनिबार दिउँसो बोलाइएको बैठक केही विद्यार्थी नेताहरुको प्रदर्शन र नाराबाजीका कारण स्थगित गरिएको थियो। शनिबार झण्डै सात घण्टासम्म चलेको गुटगत रस्साकस्सीपछि बेलुका सुरू भएको कांग्रेस केन्द्रीय समिति बैठक पाँच मिनेटमात्र बसेर स्थगित भएको थियो।

शनिबार पुरानै महाधिवेशनको नयाँ मिति नतोकी नेविसंघको केन्द्रीय कार्यसमिति विघटन नगर्न माग गर्दै नाराबाजी गरिएको थियो।

बैठकमा नेपाल विद्यार्थी संघको महाधिवेशका विषयमा थोरै छलफल भएपनि यसबारेमा ठोस निर्णय हुन सकेन। कांग्रेस कार्यालय पुगेका सभापति देउवालार्इ असन्तुष्ट केहि विद्यार्थीहरुले हुलदंगा गरेर बाटो छेक्‍ने प्रयास गरेका थिए।

अनौपचारिक छलफलमा महाधिवेशन गर्नका लागि वर्तमान नेविसंघको नेतृत्वलाई नै जिम्मेवारी दिने विषयमा आज निर्णय हुने स्रोतको दाबी छ। दुर्इ महिनापछि पनि महाधिवेशन हुनेमा अझै अन्यौल कायम छ।

छलफलमा सहमहामन्त्री पप्रकाशशरण महतको नेतृत्वमा तयार पारिएको नेविसंघको विधानका सहमित जुटाउनुका साथै महाधिवेशनको विषयमा सहमति जुटाउन प्रयास हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.