बाँके, भदौ ४ : नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष सिपी देवकोटा घाइते भएका छन् । पूर्व सांसद बाल्मिकीले आफूमाथि आक्रमण गरेको देवकोटाले आरोप लगाएका छन् ।
नेपालगन्ज हेल्थ क्याम्पसको चरम लापरवाहीका कारण सोही कलेजमा अध्ययनरत विद्यार्थीले परीक्षा दिन नपाएको विरोधमा नेपाल विद्यार्थी संघले कलेजमा लगायतको तालावन्दीको विषयमा छलफल गर्न बोलाएर पूर्व सांसद बाल्मिकीले आफूमाथि आक्रमण गरेको देवकोटाले आरोप लगाएका हुन्।
अध्यक्ष देवकोटाले क्याम्पस संचालक बाल्मिकीले गुण्डा लगाएर आफूमाथि कुटपिट गरेको बताए। ‘आफ्नै नेताबाट कुटिनु पर्ला भन्ने सोँचेको पनि थिएन। घाइते देवकोटाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। कुटाइबाट घाइते देवकोटाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ।
तर, नेपालगन्ज हेल्थ क्याम्पसका संचालक समेत रहेका पूर्व सांसद बाल्मिकीले बार्ताका क्रममा चर्काचर्की भएको बताउँदै बार्तामा बसेका नेपाल विद्यार्थी संघका दुई पक्ष बीच कुटाकुट भएको दावी गरे। उनले उनले देवकोटा समूहका विद्यार्थीको आक्रमणमा परी देव्रे हातमा चोट लागेको बताए। उनले देवकोटामाथि गुण्डा परिचालन नगरेको दावी गरे।