- सुर्य खनाल
गुल्मी, माघ १२: नेपाल विद्यार्धी संघ गुल्मीले स्ववियू निर्वाचनका लागि रेसुङ्गा बहुमुखि क्याम्पसमा उम्मेदवार चयन गरेको छ ।
सभापतिको लागि रामजी पन्थी र सचिवका लागि पुनाराम घिमिरे सर्वसहमतिद्वारा चयन भएका छन् । ढिलो उम्मेदवार टुङ्गो लगाउँदा तयारी नपुग्ने भन्दै स्ववियू सभापति र सचिवको टुङ्गो लगाएको नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखि क्याम्पसले बताएको छ ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मी, नेविसंघ रेसुङ्गा बहुमुखि क्याम्पस र भात्रृ संस्था नेपाली काँग्रेस गुल्मी लगायतको समग्र सहमतिद्वारा उम्मेदवारको टुङ्गो लगाएको नेविसंघ रेसुङ्गा बहुमुखि क्याम्पसले बताएको छ ।
स्ववियू सभापतिको उम्मेदवा रामजी पन्थी नेपाल विद्यार्थी संघ गुल्मीमा कार्यबाहक सभापतिकै भूमिका संम्हाल्दै आएका नेता हुन् । विगत लामो समयदेखि नेविसंघ गुल्मीको नेतृत्व तहमा रहेर विद्यार्थी अधिकारका लागि संर्घष गर्दै आएका उनले गुल्मीका विभिन्न विद्यालयमा पुगेर व्यक्तिगत लगानीमै गरिब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएका व्यक्ति हुन् ।
उनले आर्थीक अभावका कारण शिक्षाबाट बञ्चित भएका गुल्मेली विद्यार्थीहरुलाई आफुले निजी लगानीमै पढाउने समेत उद्घोष गरेका थिए । नेपाल विद्यार्थी संघ गुल्मीले रामजी पन्थीले विद्यार्थीको अधिकारका लागि पुराएको योगदानको कदर गर्दै केही समय अघि उनलाई गुल्मीको कार्यबाहक सभापति बनाएको थियो ।
स्ववियू सभापतिका लागि उम्मेदवार भएका रामजी पन्थी उनको चाहाना भन्दा पनि नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखि क्याम्पसको तिव्र चाहनाले स्ववियूमा होमिने भएको क्याम्पस इकाईले जनाएको छ ।
त्यस्तै रेसुङ्गा बहुमुखी क्याम्पसकै इकाई सभापति समेत रहेका पुनाराम घिमिरे स्ववियू सचिवका लागि उम्मेदवार तय भएका छन् । उनी गुल्मीको ह्वाङ्गदीबाट विपन्न वर्गका विद्यार्थीहरुको नेतृत्व गर्दै रेसुङ्गा बहुमुखि क्याम्पसको इकाई सभापति समेत बनिसकेका छन् ।
शारीरिक रुपमा अपाङ्ग र आर्थिक अभाव भएपनि विद्यार्थीहरुको सेवा र अधिकारका लागि लड्ने आत्मीक शक्ति र चाहना भएमा कुनै चिजले रोक्न सक्दैन भन्ने उदाहरणका पात्र पुनाराम घिमिरे हुन् । सचिव पदका उम्मेदवार पुनाराम विगत केही बर्षदेखि नेविसंघ गुल्मीका क्रियाशिल नेताको रुपमा काम गर्दै आएका छन् ।