गुल्मी, माघ २८ : नेपाल विद्यार्थी संघ (नेविसंघ) गुल्मीको सभापतिमा भविन्द्र पाण्डे सर्वसहमत निर्वाचित भएका छन् । साेमबार सम्पन्न भएकाे १२ औं जिल्ला अधिवेशनबाट नेविसंघ गुल्मी सभापतिमा पाण्डे सर्वसहमत निर्वाचित भएका हुन् ।
२६ गते तम्घासमा उद्घाटन भई शुरु भएको अधिवेशनमा नेतृत्व लिने आकाङ्क्षी विद्यार्थी नेता धेरै भए पछि पार्टीले उपसभापति अधिवक्ता विष्णु प्रसाद वलालको संयोजकत्वमा सर्वसहमती बनाउने समिति बनाएको थियो ।
समितिमा नेविसंघ पूर्व केन्द्रीय उपाध्यक्ष महेन्द्र प्रसाद भण्डारी, पार्टीका जिल्ला सचिव खिलध्वज पन्थी, नेविसंघ केन्द्रीय सदस्य सुदर्शन खनाल र युवा तथा विद्यार्थी विभागका संयोजक भरत खड्का सदस्य रहेका थिए ।
समितिले पाण्डेलाई सभापति बनाएको छ भने, ३३ सदस्य जिल्ला कार्य समिति बनाएको छ । नेविसंघ गुल्मीको उपाध्यक्षमा रोमलाल पन्थी, कमल पोख्रेल, रामप्रसाद पन्थी रहेका छन् ।
त्यसै गरी सचिवमा पार्वती कुँवर, सिजन राना, सहसचिवमा विष्णु आचार्य, कोषाध्यक्षमा सूर्य प्रसाद खनाल रहेका छन् । सर्वसहमत गर्न गठित समितिले रामप्रसाद आचार्यको संयोजकत्वमा सङ्गठन विभाग र तिलक रानाको संयोजकत्वमा सङ्गठन विभाग र तिलक रानाको संयोजकत्वमा खेलकुद तथा संस्कृति विभागको समेत गठन गरेको छ ।