काठमाडौं, वैशाख २५: नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट अध्यक्ष नैनसिंह महरले राजिनामा दिएको महिनौ बित्दा समेत मातृ पार्टीले गठनमा गरेको ढिलाई प्रति आक्रोश पोख्दै बुधबार विद्यार्थी नेताहरुले नेविसंघको खोजी गर्दै राष्ट्रिय सभा गृहमा पुगेका छन् ।
आजै देखि सुरु भएको कांग्रेसको जागरण अभियानको उद्घाटनका लागि राष्ट्रिय सभा गृहमा पुगेका सभापति देउवा प्रति व्यङ्ग्य गर्दै सभापति ज्यू नेविसंघ खोई भन्ने व्यानर प्रदर्शन गरेका थिए ।