नेविसंघ केन्द्रीय समिति तथा काठमाडौं जिल्ला नेविसंघको नेतृत्वमा माक्स र खाना वितरण

रिपोर्ट नेपाल | 2020 Oct 08 | 03:54 pm 2703

काठमाडौं असोज २२ः नेपाल विद्यार्थी संघका महामन्त्री तथा युवानेता मनोज बैद्यको संयोजकत्वमा काठमाडौंको विभिन्न क्षेत्रको चोक चोकमा मास्क तथा खानाका साथै अन्य सामग्री वितरण गरेका छन्।

No description available.

नेविसंघ त्रिचन्द्र कलेजका दिप्सन अधिकारीले दिएको जानकारी अनुसार नेता मनोज बैद्यले रचनात्मक तरिकाबाट आहातमा राहात कार्यक्रम अन्तर्गत काठमाडौं उपत्याकाका विभिन्न चोक चोकमा मास्क वितरण गर्दै भ्रष्ट सरकारलाई शन्देस र आम नागरिकलाई जनचेतना जगाउनु हो भनेका छन्।

No description available.

संघले कोभिड १९ को माहामारीका कारण समस्यामा परेका विद्यार्थी तथा श्रमजिवी नागरिकहरुका लागि रोगले भन्दापनि भोकले मर्नु नपरोस भन्ने उद्देश्यले पहिलो बन्दाबन्दीमा खद्यान्न वितरण गरेका थिए।

सरकारको अब्यवहारिकताले गर्दा समस्यामा परेकाहरुलाई आहातमा राहात होस् भनी खाना र खाजा वितरणको कार्यक्रम गर्दै आईरहेको उनले उक्त वितरणको अवसरमा बैद्यले बताएका हुन् ।

No description available.

अहिले मुलुकमा सरकार बिहीनता, नागरिकको जिउ धनको सुरक्षा गर्ने, कम्तिमा पनि नागरिकलाई बाँच्न पाउने अधिकारबाट सरकार बिमुख हुँदै गईरहेको बेला यो माक्स र खाना वितरणको कार्यक्रम अझ प्रभावकारी बनाउने बताएका छन्।

No description available.
आम नागरिकहरु अती आवश्यक काममा नगइ नहुने र जाँदा भिडभाड हुने भएकोले माक्स प्रयोगको उपयोगिता, प्रभावकारिता र आवश्यक्तालाई मध्यनजर गर्दै नागरिकहरुलाई सचेत गराउँदै आवश्यक तयारीका साथ खानासँगै माक्स वितरणको कार्यलाई पनि जोड्दै लैजाने जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.