नेविसंघले पार्टी भित्रको लोकतन्त्र खाेज्दै

रिपोर्ट नेपाल | 2019 Jun 09 | 02:40 pm 2059

काठमाडौं, जेठ २६:  नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ महाधिवेशन पक्षधरले पार्टी भित्रको आन्तरीक लोकतन्त्रका विषयमा छलफल चलाउने भएको छ ।

जेठ २८ गते मंगलबार १२ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा कांग्रेस भित्रको आन्तरीक लोकतन्त्र भातृ संगठनको अवस्था विषयक अन्तरकृया गर्न थालिएको कार्यक्रम संयोजक मोती भण्डारीले बताए ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् प्रभावशाली नेता अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने अन्तरकृया कार्यक्रमलाई युवा नेता नविन्द्रराज जोशी लगायतका नेताले सम्बोधन गर्ने बताइएको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले राजिनामा दिएपछि यतिखेर नेविसंघ नेतृत्व विहिन अवस्थामा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.