नेविसंघको १२ औँ महाधिवेशन पाैष २८ देखि ३० गतेसम्म हुने (विज्ञप्तीसहित)

रिपोर्ट नेपाल | 2018 Nov 27 | 03:12 pm 2052

काठमाडौं, मंसिर ११ : नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन आगामी मंसिर पाैष २८ देखि ३० गतेसम्म हुने भएको छ । नेपाली काँग्रेसको प्रमुख भातृ संस्थाका रूपमा रहेको नेवि संघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला  नेविसंघका अध्यक्ष नैनसिंह महरले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै महाधिवेशनको कार्य तालिका सार्वजनिक गरेका हुन् ।

नेविसंघ यति बेला आफ्नो १२ औँ महाधिवेशनको तयारीमा जुटेको समेत बताएका छन् । प्रेस विज्ञप्तीमा भनिएको छ, ‘हामीलाई हाम्रो संगठनको १२ औँ महाधिवेशनको चटारोले छोपेको छ ।’ कार्यतालिका अनुसार अध्यक्षले महाधिवेशनको उद्घाटन पाैष २८ गते शनिबार गर्ने जनाइएकाे छ ।  यस्तै २९ गते बन्दसत्र र ३० गते मतदान गर्दैै नेतृत्वको चयन हुनेछ ।

यसअघि मंसिर २२ गतेभित्र उपत्यका बाहिरका मा. वि उच्च मा. वि र क्याम्पसको अधिवेशन गरिसक्ने, मंसिर २५ गतेभित्र गाउँपालिका तथा नगरपालिकाको अधिवेशन गरिसक्ने,  पाैष ८ गतेभित्र उपत्यका भित्रका क्याम्पस /विश्विद्यालहरुकाे अधिवेशन गरिसक्ने,  पाैष १४ गतेभित्र ७७ वटै जिल्लाको अधिवेशन गरिसक्ने र पाैष २० गतेभित्र प्रदेशको अधिवेशन गरिसक्ने जारी  प्रेस विज्ञप्तीमा जनाइएको छ ।

नेविसंघको १२ औं महाधिवेशन गत भदौमै हुनुपर्ने थियो । तर, आन्तरिक विवाद र विधान संशोधन लगायतका कारण उक्त मितिमा महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले तीन महिना म्याद थप गरिदिएको थियो । तीन महिनाको म्यादमा पनि अधिवेशन हुन नसकेपछि फेरि दुई महिना म्याद थपिदिएको थियो ।

 

No automatic alt text available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.