नेविसंघको नवगठीत तदर्थ समितिमा तीव्र असन्तुष्टि

रिपोर्ट नेपाल | 2023 Aug 08 | 12:50 pm 2141

काठमाडौं, साउन २३ । वर्षाै देखि महाधिवेशन नगरेर टिका प्रथाबाट चलाइएको नेपाली काग्रेसको  भ्रातृ संगठन  नेपाल विद्यार्थी संघको तदर्थ समितिमा सहमति विपरीत संख्या थपिएको भन्दै  संस्थापनइतरले असन्तुष्टि जनाएको छ ।

नेपाली कांग्रेसको जगको रुपमा रहेको नेवि संघको महाधिवेशन गरिनुको सट्टा पटक पटक तदर्थ समिति बनाएर कांग्रेसले गैर प्रजातन्त्रीक कृयाकलाप गरेको पार्टीबाटै आरोप लाइरहेका बेला सोमबार राती  ७ सय १० जनाको जम्बो समिति बनाइएको छ । संस्थापनइतर पक्षसँग ५ सय ५१ सदस्य बनाउने सहमति भएकोमा संस्थापनले आफूखुसी जम्बो समिति बनाएको आरोप लगाइएको छ ।

संस्थापनइतर पक्षले ५ सय ५१ सदस्य समिति बनाउने भनेर सहमति भएपछि दिएको लिष्टबाट कैयौ विद्यार्थी नेताको नाम छुटाएकोमा संस्थापन पक्षको  चर्को आलोचना गरिएको छ ।

यसरी नाम छुटेकाहरुमा  पवन थापा, दीपक ओझा, सुदीप अधिकारी, सुमित बोहोरा लगायत छन् । कृष्णप्रसाद सिटौला पक्षले पठाएका लिष्टमा पनि हेरफेर गरिएकोमा सो समूह पनि संस्थापन पक्षसँग रुष्ट बनेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ मा दुजाङ शेर्पालाई संघको अध्यक्षमा मनोनित गरेका थिए । संघको कार्यसमितिलाई पटक पटक पूर्णता दिने पार्टीले निर्णय गरेपनि कार्यान्वयन भएको थिएन ।  करिब १७ महिनापछि बनाइएको जम्बो टोलीमा समेत पार्टीका समूहले चित्त बुझाउन सकेका छैनन् ।

संगठनमा लामो समयदेखि दु:ख गरेका विद्यार्थीलाई पाखा लगाएर नेपालमै नभएका व्यक्तिहरुलाई तदर्थ समितिमा राखिनुले कांग्रेसको संस्थापन पक्षमा कति गणेश प्रवृती रहेछ भन्ने कुरा नवगठीत समितिले छर्लङ्ग पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.