नेविसंघका केन्द्रीय सदस्य त्रिपाठीद्वारा अनसन स्थगित

रिपोर्ट नेपाल | 2020 Jan 31 | 04:46 pm 1532

काठमाडौं, माघ १७: नेपाल विद्यार्थी संघ (नेविसंघ) का निर्वतमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले बिनाशर्ता शुक्रबार अनसन स्थगित गरेका छन् ।

उनले नेविसंघको विधानअनुसार ३२ वर्षे उमेर हद लगाउनुपर्ने माग गर्दै आमरण अनशनमा बसेका थिए ।

नेविसंघ सुदृढीकरणको आवश्यकता भए पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघलाई जिताउनुपर्ने कारण देखाई उनले अनशन स्थगित गरेका हुन्।

नेविसंघको विधानमा ३२ वर्ष उमेर नाघेको व्यक्ति साधारण सदस्य हुन नपाउने उल्लेख छ। तर, हालै कांग्रेस केन्द्रीय समितिको बैठकले करिब ५० वर्षका राजीव ढुंगानालाई नेविसंघको अध्यक्ष बनाएको छ।

नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्ले पक्षले विधान कार्यान्वयनको माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा ४० दिन भन्दा धेरै रिले अनशनसमेत बसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.