नेप्से परिसूचक ५३.०३ अंकले बढ्यो

रिपोर्ट नेपाल | 2023 Jun 04 | 03:07 pm 1301

काठमाडौँ, जेठ २१ । सेयर लगानीकर्ताका प्रतिनिधि र अर्थमन्त्रालयबीच पूँजीगत लाभकरको विषयमा सहमती भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राम्रो सुधार आएको छ । आज अर्थमन्त्रालयमा भएको सहमतिअनुसार हाल कायम पूँजीगत लाभकर नै अन्तिम करको रुपमा रहने सम्झौता भएको हो । त्यसपश्चात शेयर कारोबार तिब्र गतिमा शुरु भएको थियो ।

यससँगै, आज नेप्से परिसूचक ५३.०३ अंकले बढेको छ । नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ अंकमा पुगेको छ । यस्तै, आज ३ वटा कम्पनीका बाहेक सबै कम्पनीको सेयर बढेको छ ।

शेयर बजारमा १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँ बराबरको ४५ लाख ५१ हजार १६९ कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको मात्र सेयर मूल्य  १० प्रतिशतले बढेको छ । यससँगै, उक्त कम्पनीको सेयर मूल्य ३७ रुपैयाँले बढेर प्रतिकित्ता ४०७ रुपैयाँ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.