नेप्से परिसूचक १९.४२ अंकले गिरावट

| 2023 Sep 24 | 04:02 pm 969

काठमाडौँ ७ असोज । अघिल्लो सातामा लगातार ३ दिनको कारोबारमा बढिरहेको नेप्सेमा साताको पहिलो दिन आइतबार गिरावट आएको हो । आइतबार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ बिन्दुमा झरेको छ ।

सेन्सेटिभ इण्डेक्स ३.१० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले गिरावट आएर कारोबार बन्द भएको छ ।

आइतबार कारोबारमा आएका २८५ कम्पनीको ९० लाख ३ हजार कित्ता शेयर २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बिहीबार नेप्सेको ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

आज आइतबार नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ । जसमा लघुवित्त उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ भने बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

आज आइतबार नेप्से घटेपनि ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

शुभम् पावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज आइतबार माछापुच्छ्रे बैंकको १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.