नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

| 2022 Jun 24 | 03:42 pm 769

काठमाडौं, असार १०ः तीन हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रबार भने सामान्य अङ्कले वृद्धि भएको छ ।

नेप्से परिसूचक १३.७८ अङ्कले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो । यस्तै, सेन्सेटिभ इण्डेक्स २.८१ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अङ्क बढेको छ ।

आज कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर एक अर्ब १५ करोड १२ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो कारोबारभन्दा कम भएको छ ।

नेप्सेका १३ उपसूचकहरु मध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने म्युच्युअल फण्ड उपसूचकमा भने गिरावट आएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढेको छ भने यता म्युचुअल फण्ड उपसमूहको सूचक ०.६७ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारमा आएका ङादी ग्रुप पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सिवाईसी नेपालको शेयर मूल्य पनि ८.२१ प्रतिशतले बढेको छ । तर यता आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने ७.८८ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा ८ करोड ६३ लाख रुपियाँ बराबरको कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.