काठमाडौँ साउन २५ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलब ९१ अंकले ओरालो लागेर दुई हजार ५६ दशमलब ८८ अंकमा ओर्लिएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ६८ अंकले घटेर ३९५ दशमलव ७५ मा सीमित भएको छ । नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकम समेत सस्तोमा समेटिएको छ । कूल २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४७ मूल्यमा खरिद बिक्री भए ।
नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल दुई सय १८ कम्पनीको ४६ लाख ४० हजार आठ सय ४४ कित्ता शेयर एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ मूल्यमा खरिद बिक्री भए ।