नेपाल स्पेन समाज कोष्टाब्लाङ्काद्धारा ढोरपाटनका बाढीपहिरो पिडितलाई सहयोग

| 2020 Oct 24 | 09:24 pm 2566

  • कौरव खत्री

गुल्मी, कात्तिक ८ः नेपाल स्पेन समाज कोष्टाब्लाङ्काद्धारा ढोरपाटनका बाढीपहिरो पिडितलाई राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

No description available.

नेपाल स्पेन समाज कोष्टाब्लाङ्काद्धारा ढोरपाटन नगरपालिका ९ का ८० बाढीपहिरो घरपरिवारहरुलाई प्रतिघरपरिवार एक थान ब्लाङकेट सिरक, एक थान ओड्ने खास्टो, सावुन, सेनिटाइजर लगायतका सामाग्रीहरु वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा नेपाल स्पेन समाज कोष्टाब्लान्काका प्रतिनिधि तथा गलकोट नगरपालिका ३ का वडाअध्यक्ष वीरजंग भण्डारी, इन्जिनियर सुवास भण्डारी, ढोरपाटन नगरपालिका ७ का वडाअध्यक्ष दिपक थापा, नेपाली काँग्रेस वडा नं. ९ का वडा सभापति गगन पुन मगर, पूर्व गाविस अध्यक्ष शेरमान घर्ति समाजसेवी कुल बहादुर विक, समाजसेवी पदम पुन मगर, पत्रकार कौरव खत्री, मिनु विसी, लगायत स्थानीय समाजसेवी, जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

No description available.

नेपाल स्पेन समाज कोष्टाब्लाङ्काले नेपाल देखि रोजगारीको शिलशिलामा स्पेन कोष्टाब्लाङ्कामा कार्यरत रहेका नेपालीहरुबाट संकलित करिव २ लाख, ६१ हजार बराबरको नगद रकमले राहत सामग्री प्रदान गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष वीरजंग भण्डारीले नेपाल स्पेन समाज कोष्टाब्लाङ्काले बाढी पहिरो प्रभावित पिडितहरुको दुखमा केहि मलमपट्टी लगाउन सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिए ।

No description available.

कार्यक्रम ढोरपाटन नगरपालिका ९ का वडाअध्यक्ष हरि बहादुर घर्तिमगर अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने नेकपा ढोरपाटन नगरपालिका वडा नं. ९का अध्यक्ष तथा समाजसेवी ढालेन्द्र पुन मगरले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.