- कौरव खत्री
गुल्मी, पुस १०ः “अधिकार र कर्तव्यका लागि शिक्षक एकता“ भन्ने मुल नारा सहित नेपाल शिक्षक महासंघ मुसिकोट नगर समितिको दोश्रो अधिवेशन वामीमा शनिबार सम्पन्न भएको छ । अधिवेशन सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले मुसिकोट नगरपालिकामा शिक्षा क्षेत्रमा भएका कमीकमजोरीहरू औंल्याएर त्यसमा व्यापक सुधार गर्ने तर्फ नगरपालिका अगाडी बढेको बताए ।
साथै सोही अवसरमा नेपाल शिक्षक महासंघ गुल्मीका अध्यक्ष हिरासिंङ सराङकोटीले शिक्षकहरूको हक अधिकार र मागप्रति सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । अवसरमा नव निर्वाचित नेपाल शिक्षक महासंघ मुसिकोट नगर समिति अध्यक्ष देवीराम शर्माले आगामी दिनमा मुसिकोटका शिक्षकहरूको शिर झुक्ने गरि कहिल्यै काम नगर्ने बताउदै आफू सधै शिक्षकहरूको हक अधिकार र कर्तव्यप्रति सक्रिय रहने बताए ।
सोही अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय प्रतिनिधि ज्ञानहरी सापकोटा, नेपाल शिक्षक संघ मुसिकोट नगरअध्यक्ष डिल्लीराज खरेल,नेपाल शिक्षक संगठन मुसिकोट नगर अध्यक्ष दधिराम शर्मा,रुद्रावति बहुमुखी क्याम्पस वामीटक्सार गुल्मीका निमित्त क्याम्पस प्रमुख कृष्णप्रसाद सापकोटा,नेपाल राष्ट्रिय सर्बोदय माध्यमिक विद्यालय पौदीअमराई गुल्मीका प्रधानाध्यापक चिरिञ्जीवी थापाले समग्र शिक्षा क्षेत्रका बारे शुभकामना मन्तव्य राखेका थिए ।
दोश्रो अधिवेशनबाट देवीराम शर्माको अध्यक्षतामा नेपाल शिक्षक महासंघ मुसिकोट नगर समितिको पुनः गठन गरिएको छ । समितिका उपाध्यक्ष बोम बहादुर छन्त्याल, सचिव बुद्विमणी खरेल,सस्थागत सह सचिव कृष्णप्रसाद घिमिरे,सह सचिव बिष्णु प्रसाद आचार्य,शुकदेव रिजाल रहेका छन् । समितिका अन्य सदस्यहरूमा शिला खराल, नवराज पाण्डेय,पूर्ण बहादुर बगाले,भोजराज अर्याल,बेल बहादुर पराजुली,राम बहादुर कार्की ,सम्झना कंडेल रहेका छन् ।
कार्यक्रममा मुसिकोट नगरपालिकाभित्रका रहेका पेसागत संघ संघसंगठनका प्रतिनिधि विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाल शिक्षक महासंघ मुसिकोट नगर समितिका निमित्त अध्यक्ष कालिदास खरेलको अध्यक्षता तथा समिति सह सचिव टिका बहादुर घर्तीको स्वागत मन्तव्यसंगै शुरू भएको कार्यक्रमको सञ्चालन भने नेपाल शिक्षक महासंघ मुसिकोट नगर समितिका सचिव सरोजराज बौद्वाचार्यले गरेका थिए ।