नेपाल विद्युत् प्राधिकरणका कार्यालय सहयोगी घुस लिएको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 28 | 06:17 pm 1668

काठमाडौँ, भदौ १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण केन्द्र भरतपुर वितरण केन्द्रका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगले सुवेदीलाई भरतपुर महानगरपालिका–७ मस्र्याङ्दी टोलमा रहेको जीवनज्योति मिनरलवाटर एण्ड वेभरेज इन्डस्ट्रिजबाट पक्राउ गरेको हो । विद्युत् प्रसारण लाइनको खम्बा मर्मत गर्ने सिलसिलामा सुवेदीले सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.