नेपाल र यूएईबीच पहिलो टी-२० आज : क्लिन स्विप नेपालको लक्ष्य

रिपोर्ट नेपाल | 2019 Jan 31 | 08:19 am 1889

काठमाडौं माघ १७: नेपाल र यूएई बीचको ३ म्याचको ट्वान्टी–२० क्रिकेट सिरिज आज सुरु हुँदैछ। पहिलो खेल दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समयानुसार दिउँसो पौने तिन बजे पछि सुरु हुनेछ।

नेपाल नियमित कप्तान पारस खड्काको नेतृत्वमा मैदान उत्रने छ भने युएई मोहम्मद नाबिदको नेतृत्वमा मैदान उत्रने छ। यूएईका नियमित कप्तान रोहन मुस्तफा प्रतिबन्धमा छन्।

एक दिवसीय श्रृखंलामा ऐतिहासिक जित पछि अब नेपाल ट्वान्टी–ट्वान्टी श्रृंखला क्लिन स्विप गर्ने लक्ष्यमा छ। ज्ञानेन्द्र मल्ल र प्रदिप ऐरीले आजको नेपाली ईनिङस ओपन गर्नेछन् । एक दिवसीय क्रिकेटमा ओपनिङको जिम्मा पाएका विनोद भण्डारीलाई ट्वान्टी– ट्वान्टीमा फिनिसरको भुमिका दिने ब्याटिङ सल्लाहारका उमेश पटवालको योजना छ ।

तेस्रोबाट क्रमश: पारस खड्का, दिपेन्द्र सिह ऐरी, सन्दीप जोरालाई नेपालले व्याटिङको जिम्मा दिनेछ । अनुभवी बाँया हाते बलर बसन्त रेग्मी फिट रहेकाले आजको खेलमा उनले टिममा स्थान पाउने छन् । सन् २०१३ को आईसिसि वल्र्ड ट्वान्टी– ट्वान्टी छनोटमा नेपालले युएईलाई ५ विकेटले हराएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.