नेपाल र क्यानडाबीचको तीन एकदिवसीय सिरिज आजबाट सुरु

रिपोर्ट नेपाल | 2024 Feb 08 | 08:01 am 1417

काठमाडौँ, माघ २५। नेपाल र क्यानडाबीचको तीन एकदिवसीय सिरिज आजबाट सुरु हुँदैछ। आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले आजबाट क्यानडासँग खेल खेल्न लागेको हो।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाल र क्यानडाबीचको खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान ९ः१५ बजेबाट सुरु हुनेछ।

नेपालले दोस्रो खेल शनिवार र तेस्रो तथा अन्तिम खेल आगामी सोमवार खेल्नेछ।

नेपालका पूर्वप्रशिक्षक पुबुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा अनुभवी केही खेलाडीबिना नै नेपाल आएको छ। क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को सुरुवात गर्दैछ। त्यसका लागि क्यानडा नेपाल आएको हो।

(नागरिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.