नेपाल राष्ट्र बैंकमा कार्यरत महिला अधिकृत पक्राउ

रिपोर्ट नेपाल | 2021 Apr 04 | 05:45 pm 2509

काठमाडौं, चैत २२ः नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकृत सुष्मा रिजाल रेग्मी रहेकी छन् ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले  पक्राउ गरेको हो । ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा सुष्मालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

ज्येष्ठ नागरिकको सम्पती संरक्षकले हिनामिना गर्न नपाउने कानुनी व्यवस्था छ । तर, रेग्मीले ८५ वर्षीय आमाको सम्पती हिनामिना गरेको आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.