काठमाडौं, भदौ ३०: नेपाल राष्ट्रिय मोडलिङ संघले विभिन्न सर्जकहरुलार्इ सम्मान गरेको छ।
संघले आयोजना गरेको कार्यक्रमको उद्घाटन सभामुख कृष्णबहादुर महराले गरेका हुन्। होटल अन्नपूर्णमा आयोजित सर्जक सम्मान कार्यक्रम २०७५ को उद्घाटन समारोहमा बोल्दै सभामुख महराले कलाकार राष्ट्रका गहना भएको बताए । उनले भने, ‘कलाकारको हक अधिकारको लागि म सहयोग गर्न प्रतिबद्ध छु।
त्यस्तै कार्यक्रममा उपस्थित विशिस्ट अतिथि पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले मुलुकको विकासका लागि स्रष्टा तथा सर्जकको अह्म भूमिका हुने बताइन्। उनले भनिन्, ‘सर्जकले सिर्जना गरेका चिजवस्तु र गितसंगित तथा रचनाका माध्यमबाट आर्थिक समृद्धि र कला क्षेत्रको व्यवासयिकतामा टेवा पुग्छ।’
पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले हिजो विदेशी हिरो, हिरोईन, मोडेल, संगीतकार र बैंकका सिईओको वर्चस्व रहेको देश नेपालमा निकै राम्रो प्रगति भएको कारण नै लोकतान्त्रिक गणतन्त्र व्यवस्था रहेको बताउँदै गिरिजाबाबुले कलाकर्मी उत्थानको लागि खेलेको योगदानको चर्चा गरिन्।
नेपालका चलचित्रकर्मी, संगीतकार, साहित्यिक पत्रकार, हास्यकलाकार र मोडेलहरु को साझा र आधिकारिक छाता संगठन ले आज होटेल अन्नपुर्णामा भब्य सम्मान कार्यक्रम गरेको केन्द्रीय अध्यक्ष दिनेश शाहीले बताए।
विभिन्न क्षेत्रमा योगदान पुर्याउनेलाई नेपाल आमा रत्न पुरुष्कार प्रदान गरिएको थियो।

कार्यक्रममा सम्मानित सर्जकहरुलार्इ सभामुख महरा र पूर्वउपप्रधानमन्त्री कोइरालाले बधार्इ तथा शुभकामना व्यक्त गरे।
नेपाल आमा रत्न पुरुष्कार द्वारा सम्मानितहुनेहरु मा शम्भुजित बास्कोटा, नायिका प्रियंका कार्की, माल्भिका सुब्बा, डा ओममुर्ति अनिल, डा खगेन्द्र ओझा, ज्ञानेन्द्र ढुङ्गाना, चेतन सापकोटा, डा सुनिल शर्मा, प्रकाश नारायण भण्डारी, डा. सुमननरसिंह भण्डारी, अजय सत्याल, नरेन्द्र चन्द, लक्ष्मण पोख्रेल, अनलराज भट्टराई, तोयानारायण पौडेल, ऋषिकेष तिवारी, दिपेन्द्र भट्ट, सुधा पन्त, मोहन गिरि, गोपालकृष्ण घिमिरे, ह्यान्सन गौचन,चन्द्र साउद, भोजराज भट्ट, मोतिलाल भण्डारी, जनार्दन आचार्य, सुशील भण्डारी, टिकादेवि बास्कोटा, नवराज पाण्डेय, पत्रकारहरु गोपाल खनाल, कुलचन्द्र न्यौपाने, कृष्णनन्द भट्ट, मुकुन्द कालिकोटे, गजेन्द्र ओझा, गङ्गा बराल, कृष्ण सापकोटा, धनराज वास्तविक र कबिता केसि छन्।
कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेसहित मन्त्री, राजदुत, उपकुलपति, समाजसेवि, मोडेल, बैकर र सिनेकर्मीको उपस्थिति थियो।
कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता क्षितिज भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी कार्यक्रमको सञ्चालन माल्भिका सुब्बाले गरेकि थिइन्।
