नेपाल मानव अधिकार संगठनको ९औं जिल्ला सम्मेलन सम्पन्न

रिपोर्ट नेपाल | 2021 Jan 04 | 07:14 pm 2141

महेश सिंह लहान, पुस २०ः सिरहाको लहानमा नेपाल मानव अधिकार संगठनको ९औं जिल्ला अधिबेशन सम्पन्न भएको छ । उक्त संस्था २०४५ सालमा दर्ता भई विभिन्न कार्यक्रम संचालन गर्दै आएकाे थियाे ।

No description available.

तकालिन संस्थाको संस्थापक अध्यक्ष ऋषि कुश साह रहेका थिए । नेपाल मानव अधिकार राष्ट्रिय आयोग भन्दा करीब १२ बर्ष अगाडि दर्ता भई जेठो संस्थाको रूपमा चिनिएकाे छ ।

लहानमा भएको जिल्ला अधिबेशनमा संगठनका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष राज कुमार राउतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने प्रमुख अतिथिमा संगठनका केन्द्रीय अध्यक्ष महामुनेश्वर आचार्य रहेका थिए ।

No description available.

अतिथिहरुमा दलित आयोगका पूर्व अध्यक्ष तथा नेपाली काङ्ग्रेसका प्रभावशाली नेता, जनता समाजबादी पार्टीका स्थानीय नेता दिनेश महतो, नेतृ ललिता दास, युवा नेता ललित महतो, राजा राम महतो, प्रमोद कुमार महतो लगायतका नेताहरुको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा नयाँ कार्यसमिती समेत चयन भएकाे छ । संगठनका प्रदेश नम्बर २ का प्रदेश प्रमुख शंकर प्रसाद श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

No description available.

मानव अधिकारकर्मी रामान्द गुप्ता, बिजय महतो, मनिषा श्रेष्ठ, संन्तोशी बिश्वकर्मा, मन्जु चौधरी, पुनम चौधरी, मन्जु दास, प्रतिभा चौधरी, महेश कुमार महतो लगायतका अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो।

नयाँ कार्य समितिमा स्थानीय जनता समाजबादी पार्टीका लहान नगर समितिका उपाध्यक्ष चंन्द्रनारायण कुशवाहालाई सभापति सर्ब सहमतिले चयन गरेका छन् । कुशवाहालाई जिल्ला पदाअधिकारी तथा सभापतिको जिम्मेवारी नेपाल मानव अधिकार संगठनले एक कार्यक्रम बिच दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.