नेपाल प्रहरी हुनुको पीडा ??????

| 2022 Jan 31 | 06:39 pm 14545

के तपाईलाई थाहा छैन र ?
नेपाल प्रहरीको पनि त परिवार छन्
घरमा बुढा रोगी बा आमा छन्
साना साना लालाबाला छन्
जिम्मेवारी बोकेकी जहान छिन्
यी सबैलाई छाडेर तपाईकै रक्षार्थ खटिएको नेपाल प्रहरी हो महाशय ।
के रिस तपाईलाई मात्र उठ्छ ?
के हृदय तपाईको मात्र छ ?
एकपटक सोच्नुस त !
प्रहरी पनि तपाईं जतिकै उत्तेजीत भए भने के होला ?
प्रहरी पनि तपाईं जत्तिकै असंयमित भए भने के होला ?
तपाईं सँग भएका ढुङ्गाकाटुक्राहरु प्रहरीलाई बर्साईरहदा
प्रहरी सँग भएको राईफलको ट्रेगर दबाए भने के होला ?
तपाईले हानेको ढुङ्गाको टुक्राले
प्रहरीको गर्धनमा लाग्दा तपाईं कति खुशि हुनुभो ।
तपाईलाई तपाईको जीत भएको आभाष भो है ?
तपाईले हानेको ढुङ्गा नलागोस भनेर
प्रहरी कुक्रुक्क परेर प्लास्टिकको सिल्डमा छेकिदा
तपाईं झनै हौसिदै अर्को ईटाको टुक्रा प्रहार गर्नुहुन्छ ।
तपाईं स्वतन्त्र हुनुहुन्छ, स्वतःस्फुर्त हुनुहुन्छ ।
तर
प्रहरीलाई तपाईं सँग प्रतिकार गर्न पनि आदेश चाहिन्छ माथीको आदेश।
प्रहरी चुपचाप तपाईले प्रहार गरेका ढुङ्गाका बर्षादहरु सहिदिन्छु ।
किनकि
प्रहरीले तपाईलाई एक लाठी हान्दा,
मानव अधिकारको उल्लङ्घन हुन्छ।
शक्तिको दुरुपयोग हुन्छ ।
कयौ क्यामेराका लेन्सहरु मेरो अगाडि तेर्सिन्छन् ।
भिड नियन्त्रणको गरुङ्गो ड्रेसमा
हातमा लाठि र सिल्ड लिएर
तपाईले हानेका ढुङ्गा र ईटाका टुक्राहरु छेकिरहदा
तपाईले कहिल्यै सोच्नुभएन कि
प्रहरी बिहानै देखि भोको पेटमा तपाईका प्रहारहरु सहिरहेछु ।
तपाईका सुन्नै नसकिने गालीहरु सहिरहेछु ।
चुपचाप चुपचाप….
महाशय !
तपाईको बिषय अरुसँग हुन्छ
तपाईको रिस अरु सँग हुन्छ
तर त्यो रिस मलाई पोख्नुहुन्छ
थाहा छ , तपाईं कुरा बुझ्नुहुन्छ
तर बुझेर पनि बुझ पचाउनुहुन्छ ।
परार भुकम्प गो, भुकम्पले मेरो पुरै घर भत्कियो । प्रहरी घर जान पाईन ।
किनकि
प्रहरी लाई तपाईको घरमा पुरीएका सामानहरु निकाल्नु थियो ।
पोहोर बाढी आयो मेरो पुरै घर बाढि पसेर तहसनहस भो ।
तै पनि प्रहरी घर जान पाईन ।
किनकि
प्रहरीले तपाईको घरमा पसेको बाढिबाट तपाईको परिवार बचाउनु थियो ।
रचनाः Ishwor Dulal

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.