पोखरा, भदाै १९ । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा कोपिला नेपाल संस्थालाई कपडा तथा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
पोखराको बुलौदी स्थित रहेको कोपिला नेपालमा एकल, शारीरिक र मानसिक रुपमा भिन्न क्षमता भएका , हिंसा तथा दुर्व्यबहारमा परेका, सामाजिक र घरायसी हिंसामा परेका महिला, द्धन्द्धमा परेका महिला तथा पुरुष, चरम गरिवीमा परेका महिला र तिनका बालबालिका रहेका छन् ।
सेवा नै मुल धर्म हो भन्ने पवित्र भावनालाई आत्मसाथ गर्दै संघले उक्त संस्थामा रहेका ६५ जनालाई १/१ सेट लत्ता कपडा र फलफुल बितरण गरेको हो । कार्यक्रम संघकी अध्यक्ष अनिता गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमकै अवसरमा कोपिला नेपालकी अध्यक्ष बिन्दु कुमारी सिलुवालले गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ प्रति आभार तथा धन्यबाद प्रकट गर्दै भावी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताईन ।
