नेपाल प्रहरीमा एसएसपी बन्न दौडधुप शुरू

रिपोर्ट नेपाल | 2022 Jul 01 | 08:01 am 613

काठमाडौं, असार १७ः नेपाल प्रहरीमा एसएसपी बन्ने दौडधुप शुरू भएको छ । केही दिन पहिले नेपाल प्रहरीमा १७ जना डीआईजी बढुवा सिफारिस भएसँगै रिक्त एसएसपीमा बढुवा हुन दौडधुप शुरू भएको हो ।

१७ डीआईजी बढुवा सदर भएपछि प्रहरीमा ३२ जना एसएसपी दरबन्दी रिक्त रहेको छ । अब एसएसपी बढुवाको प्रक्रिया शुरू भएसँगै प्रहरीमा दौडधुप शुरू भएको हो । एसएसपी बन्ने दौड धुपमा २०५१ साल सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा नियुक्ति भएको टोलीदेखि २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर सेवा परिवर्तन गरी नेपाल प्रहरीमा आएको र २०५४ सालमै नेपाल प्रहरीको प्रहरी निरीक्षकमै भर्ना भएका टोली रहेको बताइएको छ ।

बढुवाको पहिलो नम्बरमा भने सुदूरपश्चिम कञ्चनपुर घर भएका २०५१ साल सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा भर्ना भएका एसपी दिल्लीराज विष्ट र दोेस्रो नम्बरमा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा नियुक्त भई विशेष प्रहरी गएका र पछि सेवा परिवर्तन गरी नेपाल प्रहरीमै आएका गणेश चन्द रहनुभएको नेपाल प्रहरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक विष्णुबहादुर केसीले बताए । उनले भने– ‘एसएसपीको लाइनमा २०५३ सालको टोली पनि छ तर विष्ट र चन्द २०५१ सालमै नियुक्त हुनु भएको तर चन्दले सेवा परिवर्तन गरी आएकाले एसएसपीमा विष्ट पहिलो नम्बरमा पर्नुभएको हो ।’

विष्ट २०७२ सालमा एसपी हुनुभएको हो भने अन्य प्रतिसप्रर्धी २०७४ सालमा एसपी भएका हुन् । २०५१ सालको ब्याजका सबै एसएसपी र केही डीआईजी भइसकेका छन् । यसबाहेक राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर २०५८ सालबाट नेपाल प्रहरीमा प्रवेश गरेका तीन व्याजका १८ जना र नेपाल प्रहरीकै तीन ब्याजका १६ जना एसएसपीको दौड धुपमा रहेका छन् ।

यसै गरी सिद्धिविक्रम शाह, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ, सञ्जीव शर्मा दास, विमल बस्नेत, मनोज यादव र दिलिपसिंह देउवा एसएसपीको प्रतिस्पर्धामा रहेका छन् । २०५४ सालमा राष्ट्रिय अनुसन्धान विभागबाटै प्रहरी सेवामा प्रवेश गरेका सुशीलसिंह राठौर, विनोद घिमिरे, दीपक बस्नेत, जयराज सापकोटा, रामेश्वरप्रसाद यादव, शारदाप्रसाद चौधरी र दीपेन्द्र घर्ती पनि एसएसपी बन्ने दौडमा रहेका छन् ।

उता २०५४ सालमै नेपाल प्रहरीको प्रहरी निरीक्षकमा भर्ना भएका एसपी राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, राजेन्द्रप्रसाद भट्ट, किसनसिंह थापालगायतको टोली पनि बढुवाको लाइनमा रहेका छन् । पछिल्लो समय प्रहरीले शक्ति केन्द्रको दबाबमा वरीयता मिचिँदै आएको आरोप लाग्दै आएको छ । एसपी विष्ट भने २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र उनको ब्याज अहिले सबै एसएसपी भइसकेको बताइएको छ । अहिले एसएसपीको लाइनमा रहेका अधिकांश टोली २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भई सेवा परिर्वतन गरी नेपाल प्रहरीमा आएका टोली भएकाले वरीयता क्रममा विष्ट पहिलो नम्बरमा रहेको बताइएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.