काठमाडाैं, असार २५: नेपाल प्रहरीको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पूर्ण परीक्षामा उत्तीर्ण भएका विभिन्न तालिम केन्द्रका उम्मेदवारहरुको अन्तिम नतिजा सोमबार प्रकाशित गरिएको हाे ।
नतिजा अनुसार कुल ५ हजार ६ सय ९८ जना उत्तीर्ण भएका छन् । तीमध्ये खुल्लातर्फ ३ हजार ७ सय ५४, महिलातर्फ ५ सय ५ जना, आदिवासी जनजातितर्फ ५ सय ४० जना, मधेसीतर्फ ४ सय ९८ जना, दलिततर्फ २ सय ७५ जना, पिछडिएको क्षेत्रतर्फ १ सय २१ जना र अमररअशक्त प्रहरी परिवारतर्फ ५ जना रहेका छन् ।
कुल उत्तीर्णमध्ये जम्मा ८ सय महिला र ४ हजार ८ सय ९८ पुरुष रहेका छन् । प्रतियोगितामा जम्मा ४१ हजार ८ सय ७१ जनाले दरखास्त दिएका थिए । साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लगि सिफारिस भएका मुख्य उम्मेदवारहरुले आवश्यक कागजात सहित २०७६ साउन १ गते बुधबार सम्बन्धित परीक्षा केन्द्रमा सम्पर्क राख्न सूचित गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ ।