नेपाल प्रहरीका ३४ सिनियर अधिकृतले एकै दिन अवकाश पाउने

रिपोर्ट नेपाल | 2019 Dec 27 | 09:44 am 1357

काठमाडौं, पुस ११: नेपाल प्रहरीमा सेवारत दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित ३४ सिनियर अधिकृतले एकै दिन शुक्रबार देखी अवकाश पाउने भएका छन् । जनपद समुह तर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विभुतिराज पाण्डे र भोजजंग शाहसहित ३४ जना सिनियर अधिकृतले शुक्रबारदेखी अवकाश पाउने भएका हुन् ।

अवकाश पाउनेहरुमा प्रहरी उपरीक्षक (एसपी) हरु राजकुमार लम्साल, अच्युतप्रसाद पुडासैनी, विद्यानन्द माझी, प्रहरी नायव उपरीक्षक डीएसपीहरु शिवराज बस्नेत, मनोहरराज श्रेष्ठ, सुभाष गैह्रे, प्रदीप डिसि, रामशंकर कोहार, कृष्णदत्त भट्ट, विनोदबिक्रम शाह, विनोद खड्का, कृष्णगोपाल पनेरु, कृष्णराज सापकोटा, कृष्णसुन्दर बिष्ट, चिनकपुर गुरुङ र निर्मल लामा रहेका छन् ।

त्यसैैगरी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिष्णुप्रसाद पोखरेल, योगेन्द्रबहादुर हमाल, हरीदास श्रेष्ठ, राजेश राई लगायतले समेत शुक्रवारदेखि अनिवार्य अवकाश पाउँदैछन् । शुक्रबारदेखि अवकाश पाउने ३४ जना अधिकृतहरु २०४६ पुस ११ मा प्रहरी सहायक निरीक्षक (असई) बाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.