नेपाल प्रहरीका चार एआईजीको सरुवा

रिपोर्ट नेपाल | 2021 Jul 09 | 10:21 pm 1761

काठमाडौं, असार २५ः प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा, एक जनाको बढुवा र पदस्थापन गरेको छ ।

महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा एआईजी प्रधुम्न कार्कीको सरुवा भएको छ भने यसअधि मेट्रोमा कार्यरत हरिबहादुर पालको प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ ।

निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ ।

त्यस्तै भर्खरै बढुवा भएका एआईजी सहकुलबहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.