नेपाल प्रहरीका एआईजीहरुको सरुवा, को कहाँ पुगे ?

रिपोर्ट नेपाल | 2019 Sep 25 | 01:17 pm 2241

काठमाडौं, असाेज ८ : सरकारले नेपाल प्रहरीका एआईजीहरुको सरुवा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठूले राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) महाराजगञ्जमा सरुवा गरेको छ ।

प्रतिष्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । यस अगाडि उक्त विभाग नेतृत्वबिहीन थियो ।

उक्त विभागमा दरबन्दी भएका एआईजी धिरु बस्नेत आर्थिक घोटालामा मुछिएपछि सरकारले उनलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा पठाएको थियो ।

मंगलबारको सरुवामा एआईजी बस्नेतको दरबन्दी मानव स्रोत एवं प्रशासन विभागमा राखेर पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज गरिएको उच्च स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.